नेपाल

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो सम्पादन गरी फेसबुकमा अश्लिल स्टाटस राख्ने जुंगे पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो सम्पादन गरी फेसबुकमा अश्लिल स्टाटस राख्ने जुंगे पक्राउ


नवलपुर । फेसबुकमा अश्लिल स्टाटस अपलोड गरेको आरोपमा सोमबार कावासोतीबाट एक जना पक्राउ परेका छन् ।
 
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोलाई सम्पादन गरी एक आपसमा अंगालो हालेको फोटोलाई फेसबुकमा सेयर गरेको आरोपमा कावासोती नगरपालिका–१ निवासी २९ वर्षीय सुरज भुसाल जुंगे भन्ने तोयराज भुसाललाई प्रहरीले पक्राउ गरेको हो ।  
 
कावासोती बजारबाटै पक्राउ गरिएको उनलाई साइबर अपराध सम्बन्धमा थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौँ पठाइएको छ ।