मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अब भरिया होइन, मालिकलाई नै कठघरामा उभ्याइन्छ : गृहमन्त्री

अब भरिया होइन, मालिकलाई नै कठघरामा उभ्याइन्छ : गृहमन्त्री


गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन तस्करी प्रकरणका संरक्षक प्रहरीहरुको नाम जानकारीमा भए दिन आग्रह गरेका छन् । 
 
गृहमन्त्रीले सुन तस्करी प्रकरणका अरु पात्र पनि छिट्टै बाहिर आउने भन्दै यदि सुन तस्करीमा प्रहरीमा संलग्नता भएको थाहा भए नाम दिन आग्रह गरे । उनले यदि त्यस्तो भेटिए तत्कालै पक्राउ पनि गरिने बताए ।
 
गृहमन्त्री थापाले यसअघिसम्म सुन तस्करीमा संलग्न तल्लो तहका भरियाहरुमात्र पक्राउ पर्ने तर माथिल्लो तहका मालिकहरु गुमनाम हुने गरेकोमा अब त्यसो हुन नदिने र मालिकहरुलाई खोजी खाजी कानूनको कठघरामा उभ्याइने बताए ।
 
जबसम्म भ्रष्टाचार र अपराधको जालोलाई जरैदेखि उखेल्न सकिन्न तवसम्म देशमा सुशासन र बिकास सम्भव नहुने बताउँदै उनले हरेक क्षेत्रमा ब्याप्त भ्रष्टाचार र सिन्डिकेटको जालो तोड्ने अभियानमा आफू लागिपरेको स्पष्ट पारे ।

शेयर गर्नुहोस:

0
Shares