मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

६ बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै एमाले र माओवादी केन्द्रबीच एकता

६ बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै एमाले र माओवादी केन्द्रबीच एकता


काठमाडौं ।  दुई प्रमुख कम्युनिस्ट दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको छ । एकतापछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको छ ।
 
बिहीबार साँझ राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपाको ६ बुँदे घोषणापत्र वाचन गरेर सुनाएपछि एकताको औपचारिक घोषणा भएको हो । ६ बुँदे घोषणापत्रमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका छन् ।
 
एकतापछि नयाँ पार्टीमा ४४१ सदस्यीय केन्द्रीय समिति बनाइएको छ ।  त्यस्तै ४५ सदस्यीय स्थायी समिति र नौ सदस्यीय सचिवालय समिति चयन भएको छ । 
 
‘नेपाल कम्युनिष्ट पार्टी’ ले माक्र्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व ९सहअध्यक्ष० गर्ने लगायत विषयमा एमाले माओवादीबीच सहमति भएपछि पार्टी एकता घोषणा गरिएको हो ।