मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालको हितविपरीत गरेको भए प्रमाण ल्याउन प्रधानमन्त्री ओलीको चुनौती

नेपालको हितविपरीत गरेको भए प्रमाण ल्याउन प्रधानमन्त्री ओलीको चुनौती


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा आफूले नेपालको स्वाभिमानमा आँच आउने कुनै काम नगरेको बरु विगतमा भएका राष्ट्रहितविरोधी व्यवहारलाई सच्याएको दाबी गरे । 
 
उनले भारतीय प्रधानमन्त्रीसँग विगतमा सरकार प्रमुखले ‘हजुर संविधान संशोधन गर्छु’ भनेर घुँडा टेकेको तर पछिल्लो समयमा मोदीले नेपालमा संविधान जारी भई निर्वाचन सम्पन्नपश्चात् नयाँ सरकार गठन भएकामा यसलाई स्वर्णिम समय भन्दै नेपालको प्राथमिकता र आवश्यकतामा सहयोग गर्छु भनेकाले नेपालको शिर झुक्यो कि भनेर भ्रममा नपर्न आग्रह गरे ।
 
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले दिएको अभिव्यक्ति गलत भएको र त्यो नेपाल सरकारको धारणा नभएको र हुन पनि नसक्ने धारणा स्पष्ट पारे ।