नेपाल

भाटभटेनीमा विप्लव कार्यकर्ताले गराए बम विष्फोट (भिडियो सहित)

भाटभटेनीमा विप्लव कार्यकर्ताले गराए बम विष्फोट (भिडियो सहित)


चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चितवनको भरतपुरस्थित भाटभटेनी सुपरमार्केटमा बम विस्फोट गराएका छन् ।
 
आइतबार बिहान ३ः४५ बजे मोटरसाइकलमा आएका दुई जनाले बम विस्फोट गराएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए । 
उनले बम विस्फोट गराउनेको पहिचान भइसकेको र खोजी कार्य तीव्र पारिएको बताए । 
 
एसपी थापाले भने, “सिसि टिभीको फुटेजबाट मोटरसाइकलमा आएका दुईमध्ये एक जनाको पहिचान भइसकेको छ, विप्लवका कार्यकर्ता नै हुन्, खोजी भइरहेको छ ।” 
 
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आइतबार आयोजना गरेको बन्द सफल बनाउने अभियानअन्तर्गत बम विष्फोट गराएको हुन सक्ने चितवन प्रहरीले जनाएको छ ।
 
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले विप्लव समूहले सुतरी बम पड्काउँदा भाटभटेनी भवनको अगाडिका सिसा फुटेको र अहिले जिल्ला सुरक्षा कडा बनाउँदै सुरक्षामा खलल पु¥याउने टोलीको खोजी कार्य तीव्र पारिएको बताएका छन् । 
 
बिहानको समयमा होटल रोयल सेन्चुरीको पश्चिम पट्टी भाटभटेनीमा बम विष्फोट भएकाले कुनै मानवीय क्षति नभएको र भौतिक क्षतिका विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 
बम विष्फोटका कारण नजिकैको होटल रोयल सेन्चुरीमा समेत केही क्षति पुगेको छ ।

शेयर गर्नुहोस:

0
Shares