मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विद्यालय शिक्षा व्यवस्थापन गर्न नगरप्रमुखलाई ज्ञापनपत्र

विद्यालय शिक्षा व्यवस्थापन गर्न नगरप्रमुखलाई ज्ञापनपत्र


चितवन । नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको निर्देशनबमोजिम नेपाल शिक्षक महासंघ चितवनको संयोजनमा रत्ननगर नगरपालिकामा ज्ञापनपत्र बुझाइएको छ । 
 
चितवन जिल्लाका विभिन्न स्थानीय तहहरुले आआफ्नो क्षेत्रमा विद्यालय शिक्षा सञ्चालन, व्यवस्थापन तथा नियमन गर्न भनी शिक्षा ऐन र कार्यविधि जारी गरिरहेको तथा सोसम्बन्धी क्रियाकलाप अगाडि बढिरहेको सन्दर्भमा नेपाल शिक्षक महासंघको गम्भीर ध्यानाकर्षण भएकोमा ज्ञापनपत्र पेश गरिएको हो । 
 
नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे तथा सचिव रामजी भण्डारीद्वारा संयुक्तरूपमा हस्ताक्षरित ज्ञापनपत्र रत्ननगर नगरपालिकाको सभाहलमा आयोजित अनौपचारिक कार्यक्रममा रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनलाई बुझाएको छ ।
 
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख वनले शिक्षकहरुको मनोभावना आफूले बुझेको, अब आन्दोलन गर्न होइन, सबै मिलि मुलुक समृद्ध बनाउन हातेमालो गरेर लाग्नुपर्ने प्रतिक्रिया दिए । 
 
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने दायित्व शिक्षकको रहेको र आफ्ना छोराछोरी, नातिनातिना अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउन सुझाउँदै, सम्पूर्ण जनप्रतिनिधिमा यो कुरा सर्कुलर गरेको जानकारी दिए ।
 
उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे, नेपाल शिक्षक संघ चितवनका अध्यक्ष डा. हरिप्रसाद कँडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष दानबहादुर गुरुङ, एकीकृत अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष हरिचन्द्र सुवेदीलगायत अन्य पदाधिकारी तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।