मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारत भ्रमण दुवै देशबीच न्यानोपन ल्याउन केन्द्रित : प्रचण्ड

भारत भ्रमण दुवै देशबीच न्यानोपन ल्याउन केन्द्रित : प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुवै देशबीचको सम्बन्धमा न्यानोपन ल्याउन केन्द्रित हुने बताएका छन् । चितवनका पत्रकारसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणका नयाँ एजेण्डा नभएको प्रष्ट पारे । उनले भारत भ्रमणका क्रममा पुराना एजेण्डाको विषयमा छलफल हुने बताए । 
 
प्रधानमन्त्रीको भारत भ्रमणअघि नै नेकपा (एमाले) र माओवादी केन्द्रबीचमा पार्टी एकता गर्ने भनिए पनि आवश्यक गृहकार्य पूरा नभएकाले आगामी वैशाख ९ गते पार्टी एकता घोषणा हुने बताए । उनले भने, “कार्यदलको आफ्नै सुझाव वैशाख ९ गते थियो, कार्यदलको रिपोर्ट आएको छ, वैशाख ९ गतेलाई केन्द्रित गरेर पार्टी एकता घोषणाको कार्य अगाडि बढ्छौँ ।” 
 
कार्यदलबाट सर्वसम्मत रुपमा मंगलबार प्रतिवेदन पार्टी एकता संयोजन समितिमा पेश हुने र त्यसको अध्ययनपछि शीर्ष तहले टुंगो लगाउने उनको भनाइ छ । उनले दुई कम्युनिष्ट धारको बीचमा एकता हुने बताउँदै त्यो एकता सिद्धान्ततः प्रतिशतका आधारमा नभएर सम्मानजनक बराबरी सिद्धान्तको आधारमा हुने दाबी गरे । 
 
यसअघि नेपालको पहिलो सहकारी संस्था बखान बहुउद्देश्यीय सहकारी संस्थाले शारदानगरमा आयोजना गरेको बखान राष्ट्रिय सहकारी संग्राहलयको शिलान्यास तथा ६१ औँ राष्ट्रिय सहकारी दिवस कार्यक्रममा अध्यक्ष दाहालले देशको विकासका निम्ति सार्वजनिक, निजी र सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताए । 
 
नेपालको संविधानले देशको विकासका निम्ति तीनवटै क्षेत्रलाई आर्थिक विकासको खम्बाका रुपमा परिभाषित गरेको उल्लेख गर्दै उनले सहकारीलाई नेपालको आर्थिक विकासको एउटा महत्वपूर्ण खम्बाको रुपमा लिइएको बताए । सोही क्रममा उनले बखान सहकारीले निर्माण गर्न लागेको बखान राष्ट्रिय सहकारी संग्रालय भवनको शिलान्यास गरे । 
 
करिब रु नौ करोडको लागतमा निर्माण गर्न लागेको संग्राहलयलाई रु पाँच करोड विनियोजन भइसकेको छ । नपुग रकम छिट्टै विनियोजनका लागि पहल गर्ने आश्वासन दिए । 
 
चार विगाहा जग्गा संग्राहलयका लागि छुट्याइएको छ भने दुई तले भवन दुई वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य लिइएको छ । कार्यक्रममा सहकारीका संस्थापक जीवित सदस्य कृष्णमान गुरुङ, हर्कबहादुर गुरुङ र इन्द्रसिंह गुरुङलाई सम्मान गरिएको थियो ।