मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कृष्ण पहाडीसहित ३४ जना अधिकारकर्मी गिरफ्तार !

कृष्ण पहाडीसहित ३४ जना अधिकारकर्मी गिरफ्तार !


काठमाडौँ । सदभाव प्रर्वद्धन, हिंसा र घृणाको खारेजी एवं दण्डहीनताको अन्त्यका लागि शान्ति समाजद्वारा प्रत्येक वर्ष सञ्चालित अभियानअन्तर्गत प्रधानमन्त्री निवास वालुवाटारमा धर्नामा बसेका ३४ जना अधिकारकर्मी गिरफ्तार भएका छन् ।  
 
केपी ओली नेतृत्वको नयाँ सरकार गठनसँगै टीकापुरलगायत फौजदारी घटनाका आरोपित तथा संलग्नहरुको मुद्धा फिर्ता लिने र आम माफी दिन खोज्ने सरकारी नियतविरुद्ध शान्ति समाजले प्रधानमन्त्री निवासअगाडि आयोजना गरेको खबरदारी धर्ना प्रदर्शनका क्रममा उनीहरु पक्राउ परेका हुन् । 
 
वालुवाटारको धर्ना कार्यक्रमबाट समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, केन्द्रीय सदस्य गीता तिमल्सिना, यदु खतिवडा, पूर्व उसपभापति सनत आचार्य, काठमाण्डौँ शाखा सभापति रामकृष्ण बराल लगायतका पक्राउ परेका छन् ।
 
त्यसैगरी ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जरा, कैलाली शाखा सभापति वीरेन्द्र शाह, जयराम पुडासैनी, गोकुल पुडासैनी, रामचन्द्र भण्डारी, बीपी पौडेल, ईश्वर पुडासैनी, मुरारी फुयाल, श्रीराम दंगाल, रुपा गिरी, लक्ष्मी बराल, रामचन्द्र खतिवडा, श्रीकृष्णराज पुडासैनी, किरण ढकाल, विन्युल फुयाल, सोभितबहादुर घर्ती मगर, विष्णुदेवी घर्ती, रेमबहादुर घर्ती, सुकदेव अधिकारी, सन्जोक चाम्लिङ, निराजन थापा मगर, कुसुम शर्मा, रमेशप्रसाद बरालसहित ३४ जनालाई प्रहरीले पक्राउ गरी नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ । 
 
शान्ति समाजले राजधानीलगायत देशका विभिन्न स्थानमा प्रदर्शन गरेको थियो ।