मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली काँग्रेसका निडर नेता खुमबहादुर खड्का रहेनन्

नेपाली काँग्रेसका निडर नेता खुमबहादुर खड्का रहेनन्


हिमालयखवर संवाददाता
काठमाडौँ-
नेपालको राजनीतिमा विभिन्न कारणले चर्चित नेता खुमबहादुर खड्काको उपचारको क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको छ ।
 
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माले टुईटमार्फत नेता खुमबहादुरको निधनप्रति समवेदना  प्रकट गरेका छन् । काँग्रेसका अन्य नेता र कार्यकर्तालगायत थुप्रै उनका शुभचिन्तकले पनि सामाजिक सञ्जालमार्फत खड्कापति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
 
काँग्रेस सभापति देउवाले खड्काप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, "लोकतान्त्रिक आन्दोलनका लागि निकै ठुलो सघर्ष गरेका काँग्रेस नेता एवं मेरा प्रिय मित्र खुमबहादुर खड्काजीको निधनको खबरले निकै दुखी भएको छु । राजनीतिको विभिन्न कालखण्डमा उहाँसँगको साथ र सहयोग कालखण्डमा उहाँसँगको साथ र सहयोग मेरा स्मृतिमा रहिरनेछ । नेपालको लोकतान्त्रिक आन्दोलनमा र काँग्रेस पार्टीमा उहाँको योगदान सदा अमर रहने छ । उहाँको निधनले मुलुकले एउटा जिम्मेवार र अनुभवी नेता गुमाएको छ ।"
 
मृगौलालगायत विभिन्न खालका रोगका पुराना बिरामी खड्कालाई काठमाडौँमा उपचार हुन नसकेपछि नयाँ दिल्लीस्थित ओपोलो अस्पतालमा लगिएको थियो । भष्ट्रचार गरेर अकुत सम्पत्ति कमाएको आरोप लागेको उनको उपचार भने सामान्य रूपमा चलिरहेको थियो । सरकारले पनि उनको उपचारमा कुनै सहयोग गरेको थिएन । तर, रोगसँग खड्काले लड्न सकिरहेका थिएनन् । उनलाई च्याप्दै गएको थियो । यही क्रममा उनले शुक्रवार निधन भएको हो ।
 
बीपी कोइरालाको मेलमिलाप नीतिसँगै नेपाल फर्किएका खड्का २०४६ को आन्दोलन पछि ८ पटक मन्त्री बने । उनी जहिले पनि निडर, राजनीतिकका किगं मेकरका रूपमा रही रहे ।  काँग्रेस पार्टीभित्र उनी प्रभावशाली थिए । 
 
आफ्नो राजनीतिको पछिल्लो चरणमा भष्ट्रचारका कारणले चर्चित र थकित बनेका खड्का राजनीतिका कुशल सञ्चालक थिए । शेरबहादुर देउवाले तत्कालीन राजा ज्ञानेन्द्रको सल्लाहमा संसद् विघटन गर्दा होस वा स्थानीय निकाय भंग गर्दा खड्काले विरोध गरेका थिए ।
 
त्यस बेला देउवाले प्रजातान्त्रिक प्रकृयावाट निर्वाचित स्थानीय निकाय भंग गर्दा मन्त्री भएर पनि खड्काले चर्को विरोध गरेका थिए । उनको सुझाव थियो यसरी धमाधम प्रजातान्त्रिक परिपार्टी द्धारा निर्वाचित निकाय भंग नगरौँ भन्ने थियो । तर,  यो सल्लाह मानेनन । जसले गर्दा तत्कालीन राजालाई केही समय शासन आफ्नो हातमा राख्न सजिलो भयो । 
 
संसदीय र संवैधानिक राजतन्त्रका पक्षधर खड्का पार्टी र कार्यकर्ता माझ भने सधैँ सम्मानित थिए । तर, भष्ट्रचारको आरोपमा केही समय जेल परेका कारण उनको राजनीतिक जिवन भने लगभग सकिएको थियो ।
 
निर्वाचन लड्न नपाउने प्रावधानले पनि उनीलाई राजनीतिमा अप्ठ्यारो परेको थियो । पहिलो संविधान सभा निर्वाचनमा आफ्नो जिल्ला दागंमा केही माओवादी कार्यकर्ताको हत्या भएपछि खड्का केही समय हराएका थिए । राजाको शासनकालमा उनीमाथि भष्ट्रचार मुद्दा लागेको थियो । तर, कार्यकर्तालाई सहयोग गर्ने, हेर्ने नेताका रूपमा खुमबहादुर धेरैका प्रिय थिए ।