चितवन । नेपाल निजामति कर्मचारी युनियन संघको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । संघको चितवनमा जारी सातौँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा प्रतिस्पर्धी राजेन्द्र बुढाथोकीलाई ३० मतले पछि पार्दै पोखरेल विजयी भएका हुन् ।
कुल खसेको ५४४ मतमा पोखरेलले २८४ मत प्राप्त गरेर विजयी भए भने उनका प्रतिद्वन्द्वी बुढाथोकीले २५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी थिए ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा सुशीलकुमार केसीलाई फराकिलो मतले पराजित गर्दै सुरेन्द्र अधिकारी विजयी भए । अधिकारीले ३६२ मत ल्याएर विजयी हुँदा केसीले १७० मतमात्रै ल्याएका थिए । त्यस्तै खुल्लातर्फको उपाध्यक्षमा उत्तमकुमार कटवाल विजयी भए । उनले कृष्णप्रसाद दाहाललाई ३३ मतले पछाडि पार्दै विजयी भएका हुन् ।
यसैगरी प्रदेश १ को उपाध्यक्षतर्फ दीपेन्द्रकुमार खत्री २४२ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी गुणराज खनालले २३८ ल्याए । प्रदेश २ को उपाध्यक्षतर्फ राजकिशोर राउत निर्विरोध निर्वाचित भए । प्रदेश ३ मा एकनारायण शर्मा काफ्ले २८५ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी श्रीराम लम्सालले २०३ मत ल्याए ।
यस्तै, प्रदेश ४ मा शिव शर्मा अधिकारी २६० मतसहित विजयी भए भने प्रतिस्पर्धी महेशकुमार सिग्देलले २०९ मत प्राप्त गरे । प्रदेश ५ को उपाध्यक्षमा मदन गौतमले २८७ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कृष्णप्रसाद तिमिल्सिना १५४ मा सीमित भए भने युवराज न्यौपानेले ७५ मतमात्रै ल्याए ।
प्रदेश ६ को उपाध्यक्षमा नृपजंग शाही २९२ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी नन्दराम चौलागाईंले २०७ मत प्राप्त गरे । प्रदेश ७ को उपाध्यक्षमा नारायणप्रसाद शर्माले २७७ मतसहित विजयी हुँदा प्रेमबहादुर निदालले १९७ मत ल्याए ।
यस्तै, महिला उपाध्यक्षतर्फ शान्ता अर्याल ३४२ विजयी भइन् । केन्द्रीय उपाध्यक्षमा तेजबहादुर केसी निर्विरोध निर्वाचित बने । मधेसी उपाध्यक्षमा मनोजकुमार तिवारी ३१० मतसहित विजयी भए प्रतिद्वन्द्वी शिवनारायण यादवले १९३ मत ल्याए । आदिवासी / जनजातितर्फ उपाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ निर्विरोध भए ।
यस्तै, श्रेणीविहीन उपाध्यक्षमा विनोद अधिकारी २५७ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी सोमनाथ कोइरालाले २४५ मत ल्याए । महासचिवमा सुवासकुमार कोइराला निर्विरोध भए । उप महासचिवमा दुर्गाप्रसाद फुयाल र यज्ञराज अर्याल निर्विरोध बने । खुल्लातर्फ सचिवमा जनकबहादुर रावल, नवराज जैसी, यज्ञबहादुर ओली र शंकर पाण्डे विजयी भए ।
यस्तै, युवा सचिवमा गणेश भण्डारी निर्विरोध भए । मधेसी सचिवमा अशोककुमार रौनियार ३४० मतसहित विजयी भए । उनका प्रतिस्पर्धी राजेश मिश्रले १४२ मत ल्याए । आदिवासी / जनजाति सचिवमा मनोजकुमार सुनुवार निर्विरोध निर्वाचित बने । यस्तै कोषाध्यक्षमा धर्मेशप्रसाद गौतम निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी थिए ।






प्रतिक्रिया