चितवन । चितवनको रत्ननगरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
जंगली हात्तीले आक्रमण गर्दा रत्ननगर ७ बद्रेनीकी ५५ वर्षीया कननी थरुनीको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । रत्ननगर ७ स्थित खोरसोर मध्यवर्ती संरक्षण वनमा घाँस काट्न जाने क्रममा उनको मृत्यु भएको थियो ।
उनको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया