मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते


चितवन । पूर्वी चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 
 
खैरहनी नगरपालिका–१३ गर्दीचोकमा शनिबार ना४०प ५१०८ नंको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा रत्ननगर नगरपालिका–९ निवासी १७ वर्षीय आशीष महतोको मृत्यु भएको हो । 
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मोटरसाइकल पल्टिदा मोटरसाइकलको पछाडि सवार महतो गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । 
 
दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक खैरहनी–५ फसेराका क्रिपेश महतोको भरतपुर अस्पतालमा उपचार भइरहेको उनले बताए । घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।