मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित

सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित


काठमाडौं । प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । माओवादी केन्द्रले शुक्रबार बिहानमात्रै महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरे पनि अन्य दलको यो पदमा उम्मेदवारी नपरेका कारण महरा निविरोध निर्वाचित बनेका हुन् ।
 
जसको औपचारिक घोषणा भने शनिबारमात्र हुनेछ । महराले सभामुखमा निर्विरोध रुपमा निर्वाचित भएलगत्तै संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने बताएका छन् ।
 
महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन् । उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए ।
 
प्रतिनिधिसभा कार्यसञ्चालनको अन्तरिम कार्यविधिअनुसार एकमात्र मनोनयन परे पनि प्रस्ताव निर्णयार्थ पेस गरिएलगत्तै उनी सभामुखमा निर्विरोध रुपमा निर्वाचित भएका हुन् ।
 
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उम्मेदवारी तय नगरेपछि महरा निर्विरोध भएका हुन् ।