मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सभामुखमा माओवादी केन्द्रका नेता महराको उम्मेदवारी दर्ता, कांग्रेसले उम्मेदवारी नदिने

सभामुखमा माओवादी केन्द्रका नेता महराको उम्मेदवारी दर्ता, कांग्रेसले उम्मेदवारी नदिने


काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गराएका छन् । 
 
पुष्पकमल दाहाल 'प्रचण्ड' निवासमा बसेको कार्यालय बैठकले महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै महरा नेकपा एमालेका नेताहरुसँग संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए । महराले नयाँ बानेश्वर पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
 
महराको प्रस्तावकमा एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ र समर्थकमा माओवादी केन्द्रकै देव गुरुङ रहेका छन् । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सभामुख चयनको कार्यतालिकाअनुसार शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय तोकिएको छ ।
 
कार्यतालिकाअनुसार शनिबार दिउँसो १ बजे मतदानको समय तोकिएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसले भने उम्मेदवारी नदिने तयारी गरेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, “हामीले सभामुख सर्वसम्मत चयन होस् भन्ने चाहेका छौं । राष्ट्रपतिमा विद्यादेवी भण्डारीको कामकारबाही प्रति चित्त नबुझेका कारण हामीले उम्मेदवारी दिएका हौं । तर, सभामुख सर्वसम्मत चयन होस् भन्ने चाहेका छौं ।” -एजेन्सी