मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

यस्तो भयो एमाले र माअोवादीको एकीकरण

यस्तो भयो एमाले र माअोवादीको एकीकरण


काठमाडौं । झण्डै पाँच महिनाको कसरथपछि नेपालका दुइ कम्युनिष्ट पार्टी एक हुने सहमतिपत्रमा सोमबार हस्ताक्षर गरेका छन् । २०४८ सालदेखि बहुदलीय प्रतिस्पर्धालाइ अबलम्बन गरेर अघि बढेको एमाले र जनयुध्दका नाममा १० वर्षसम्म सशस्त्र संघर्ष गरेको माअोवादी एक भएर 'नेपाल कम्युनिष्ट पार्टी' नामक दल गठन भएको दुबै दलका नेताहरूले गरेको संयुक्त हस्ताक्षरमा उल्लेख छ । 
 
दुबै दलका नेताहरूले हस्ताक्षर गरेको सात बुँदे अाधारमा एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र माक्र्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ । साथै जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादबारे छलफल गर्दै जाने सहमति भएको पनि उल्लेख गरिएको छ । 
 
एकीकरणपछि बन्ने दल दर्ताका लागि मंगलबार नै निर्वाचन आयोगमा जाने नेताहरुले बताएका छन् । दुई दलबीच एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने सहमति भएको छ । तर, यो विषय सहमतिमा उल्लेख गरेका छैनन् । दुबैले पालैपालो बैठकको अध्यक्षता गर्नेछन् ।
 
साथै आलोपालो प्रधानमन्त्री हुने सहमति पनि सहमतिपत्रमा उल्लेख छैन् । आलोपालो प्रधानमन्त्री हुने हो भन्ने प्रश्नमा माओवादी अध्यक्ष प्रचण्डले केपी ओली भइसक्नुभयो भन्ने कूटनीतिक जवाफ दिएका छन् ।