मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आलोपालो गरेर प्रधानमन्त्री बनाउन हुन्न : नेता नेपाल

आलोपालो गरेर प्रधानमन्त्री बनाउन हुन्न : नेता नेपाल


रौतहट । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन् । 
 
पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताएका हुन् ।  
 
रौतहटको गौरमा आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले बहुमतका साथ बन्ने सरकारलाई ढुक्कसँग काम गर्न दिनुपर्ने बताए । नेता नेपालले पार्टी एकीकरणपछि दुईजना अध्यक्ष बन्ने अवस्था आए पनि दुवैजनालाई सहअध्यक्ष राख्न सकिने धारणा व्यक्त गरे । नयाँ सरकारले पूर्णता पाएपछि देशमा विकासले गति लिने उनको भनाइ थियो ।