मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाडी दुर्घटनामा खैरहनी नगरपालिकाका वडाध्यक्षको मृत्यु

गाडी दुर्घटनामा खैरहनी नगरपालिकाका वडाध्यक्षको मृत्यु


चितवन । चितवनको रत्ननगर ३, शान्तिचोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटनामा खैरहनी नगरपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते बस्नेतको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
आइतबार राति ८ः३० बजे तरकारी बोकेको ना ३ च ९८४० नम्बरको बोलेरो भ्यान र खैरहनी नगरपालिकाको बा २ झ १३४४ नम्बरको गाडी एकआपसमा ठक्कर खाँदा गाडीमा सवार बस्नेतको मृत्यु भएको हो ।
 
दुर्घटनामा अन्य २ जना गम्भीर घाइते भएका छन् । खैरहनी नगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र गाडी चालक राजकुमार अधिकारी घाइते भएका छन् । उनीहरुकोे चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी प्रवक्ता शिवशर्मा आचार्यले जानकारी दिए ।
 
बोलेरो भ्यानको गाडी चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।