मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बिनानिष्कर्ष सकियो प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता

बिनानिष्कर्ष सकियो प्रधानमन्त्री ओली र प्रचण्डबीच वार्ता


भक्तपुर । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वान टु वान वार्ता बिनानिष्कर्ष सकिएको छ । 
 
मध्यपुर थिमिस्थित माओवादी नेता तथा व्यापारी दुर्गा प्रसाईंको घरमा चारघण्टा लामो भएको डिनरसहितको भेटवार्तामा दुई पार्टी एकता र कार्यदिशा तथा माओवादी केन्द्रको सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएको छ । 
 
भेटका बारेमा जानकारी दिँदै प्रधानमन्त्री ओलीका प्रेस सचिवालय संयोजक चेतन अधिकारीले पार्टी एकताका विषयमा कुराकानी भएको बताउँदै कुराकानी सकारात्मकरुपमा अगाडि बढेको जानकारी दिए ।
 
एकताका बारेमा छलफल सकारात्मकरुपमा अगाडि बढेको बताउँदै उनले अब हुने छलफलले सहमति जुटाएर पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको उनले जानकारी दिए । 
 
प्रधानमन्त्री ओली निवास बालकोटमा शनिबार भएको उनीहरुको वार्तामा भने आइतबार पुनः वान टु वान छलफल गरी सहमति गरेर आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भए पनि समितिको बैठक भने आइतबार बस्न सकेन । 
 
सोमबार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पुनः वान टु वान निर्णायक छलफल गरी समितिको बैठक बस्ने तयारी भएको बताइएको छ । पार्टी एकताका अधिकांश विषयमा सहमति भइसकेको र बाँकी केही विषयलाई निर्णयमा पु¥याएर प्याकेजमै सहमति गर्ने तयारी भएको बताइएको छ । 
 
आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रलाई सरकारमा सहभागी हुनेको नाम पठाउन प्रचण्डसँग आग्रह गरेको तर प्रचण्डले भने एकीकृत पार्टीका कार्यदिशाका बारेमा सहमति गरौँ भनेएको वार्तास्थल स्रोतले जानकारी दिएको छ ।
 
पार्टी एकताको सैद्धान्तिक विषयमा केही कुरा मिल्न बाँकी भएको बताइएको छ ।