मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रामनगर गोलीकाण्डका फरार अपराधी सात वर्षपछि पक्राउ

रामनगर गोलीकाण्डका फरार अपराधी सात वर्षपछि पक्राउ


 
चितवन । भरतपुर महानगर–१, रामनगरस्थित जगदम्बा पेट्रोल पम्पका म्यानेजर भरत घिमिरेलाई गोली हानी हत्या गर्ने अपराधी सात वर्षपछि पक्राउ परेका छन् ।
 
गोरखाको साविक धावा गाविस वडा नं १ घर भई ताप्ले–३ बस्ने वर्ष ४६ का श्याम नेपाली भनिने रोकाहालाई प्रहरीले पक्राउ गरेको हो ।
 
प्रदेश नं ३ प्रहरी कार्यालय हेटौँडाको क्षेत्रीय अनुसन्धान टोली, जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको विशेष प्रहरी टोलीले खुनडाँका मुद्दाको फरार अभियुक्त श्यामलाई शुक्रबार गोरखा जिल्लाबाट पक्राउ गरेको हो । 
 
पक्राउ परेका श्यामलाई आतबार नै चितवन जिल्ला अदालतमा बुझाएर अदालतको आदेशले कारागार कार्यालय भरतपुरमा थुनामा पठाइएको प्रहरीले जनाएको छ ।
 
चितवन अदालतले कारबाहीका लागि श्यामलाई खुनडाँका मुद्दामा २०६९ फागुन १० गतेको फैसलामा मुल्तवीमा रहेकोले जगाइ कारबाही हुने र हातहतियार खरखजना मुद्दामा २०७३ असार २७ गतेको फैसलाबाट ३ वर्ष कैद र २० हजार रुपैयाँ सजाय तोकेको थियो । उनी सोही बेलादेखि फरार थिए ।
 
२०६७ चैत्र २३ गते बिहान अन्दाजी पौने ५ बजेको भरतपुर–१ रामनगरस्थित जगदम्बा पेट्रोल पम्पका म्यानेजर घिमिरेलाई गोली हानी हत्या गरी पेट्रोल पम्पमा भएको नगद तथा धनमाल डाँका गरी फरार भएका थिए । 
 
सो घटनामा संलग्नमध्ये सुनिल गुरुङ, विजय भनिने रामबहादुर तामाङ र विनोद भनिने भेषबहादुर थापा सोही समयमा पक्राउ परी हाल कारागार कार्यालय भरतपुरमा थुनामा छन् ।
 
सो घटनामा संलग्नमध्ये एक सिन्धुलीको साविक महादेवस्थान गाविस वडा नं ४ बस्ने वर्ष ३१ का अर्पण भनिने उमेश माझी हालसम्म फरार रहेका छन् । उनको अझै खोजतलास भइरहेको चितवन प्रहरीका प्रवक्ता शिव शर्मा आचार्यले जानकारी दिए ।