मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दासढुङ्गामा यात्रुबाहक बस दुर्घटना,२४ यात्रु घाइते

दासढुङ्गामा यात्रुबाहक बस दुर्घटना,२४ यात्रु घाइते


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको दासढुङ्गामा यात्रुबाहक बस दुर्घटना हुँदा २४ यात्रु घाइते भएका छन् ।
 
नारायणढबाट गोरखा जाँदै गरेको ग १ ख ४०२१ नम्बरको बस आइतबार साँझ दुर्घटनामा परेको हो ।
 
दुर्घटनामा घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरी चौकी जुगेडीका प्रहरी नायव निरीक्षक सुरेश पालले जानकारी दिए ।
 
घाइतेमध्ये १८ जनाको कलेज अफ मेडिकल साइन्सेस, भरतपुर र ६ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 
बसले ओभरटेक गर्न खोज्दा दुर्घटना भएको गाडीमा सवार यात्रुले बताएका छन् ।

शेयर गर्नुहोस:

0
Shares