मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लालबाबु पण्डित जनसङ्ख्या तथा वातावरण मन्त्रीमा नियुक्त

लालबाबु पण्डित जनसङ्ख्या तथा वातावरण मन्त्रीमा नियुक्त


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङका प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डितलाई जनसङ्ख्या तथा वातावरण मन्त्रीमा नियुक्त गरेका छन् । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । 
 
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, निवर्तमान प्रधानमन्त्री लगायतको सहभागिता थियो । पण्डित यसअघि सामान्य प्रशासनमन्त्री रहेर चचामा आएका थिए । 
 
आफूलाई गृहमन्त्री बनाए देश भरको गृह प्रशासन सुधार गर्छु भनेर लालबाबु चर्चामा आएका थिए । पहिलो मन्त्री बनेर अहिले पनि लालबाबु चर्चामै छन् ।