चितवन । पूर्वी चितवनको रत्ननगर–६,स्थित बछौलीमा रहेको एनसेलको टावर र उपकरणमा मंगलबार बिहानको समयमा कुकर बम विस्फोट गराएको छ ।
जनयुद्ध दिवसको पूर्वसन्ध्यामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्टका कार्यकर्ताले विस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।
रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार राति १२ बजेपछि समयमा बम विस्फोट भएको थियो ।
विस्फोटबाट एनसेलको उपकरणमा क्षति पुगे पनि टावरमा केही नभएको खतिवडाले बताए । प्रहरी नायब उपरीक्षक खतिवडाले एनसेलका बिटिएस राखिएका अधिकांशस्थल मानवबस्ती कम भएको ठाउँमा रहेको र सुरक्षागार्ड नराखेका कारण सुरक्षा समस्या देखिएको बताए ।
घटनापछि आफूले पूर्वी क्षेत्रमा रहेका अधिकांश बिटिएस निरीक्षण गर्दा सुरक्षाको व्यवस्था सम्बन्धित कम्पनीले नगरेको पाइएको उनले बताए ।
स्थानीय शिवनारायण चौधरीको जग्गा भाडामा लिएर एनसेलले उपकरण र टावर जडान गरेको थियो ।
प्रतिक्रिया