मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पिच पेल्ने रोलरले किच्दा एक जनाको मृत्यु

पिच पेल्ने रोलरले किच्दा एक जनाको मृत्यु


चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्र्तगत भरतपुरको आँपटारीमा बिहीबार बिहान पिच पेल्ने रोलरले किच्दा एक जनाको मृत्यु भएको छ । 
 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ–मुग्लिन सडकखण्डको पिच पेल्ने क्रममा को १ क ४७८ नम्बरको रोलरले किचेर तनहुँ डुम्रेका अन्दाजी २१ वर्षीय कृष्ण गुरूङकोे मृत्यु भएको हो ।
 
मृतक गुरूङ मानसिक सन्तुलन गुमेको र तेस्रो लिंगी व्यक्ति भएको चितवन प्रहरीले जनाएको छ । रोलरले किचेर गम्भीर घाइते भएका गुरूङलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
रोलर र चालकलाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको छ ।

शेयर गर्नुहोस:

0
Shares