मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दूध बोकेको ट्यांकर त्रिशूलीमा खस्यो, काका भतिजाको मृत्यु

दूध बोकेको ट्यांकर त्रिशूलीमा खस्यो, काका भतिजाको मृत्यु


चितवन । नारायणगढ मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका २९ स्थित गाईघाटमा आज बिहान साढे ५ बजे कन्टेनरसँग ठोकिएर दूध बोक्ने ट्यांकर त्रिशूली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।
 
नारायणगढबाट पोखरा जाँदै गरेको बा४ख ६९५३ नम्बरको दूध बोकेको ट्यांकरलाई विपरीत दिशाबाट आएको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो । ट्यांकर सडकबाट एकसय मिटर तल त्रिशूली नदीमा खसेको र पानीमा थोरै भाग मात्र देखिएको चितवन प्रहरीले जनाएको छ ।  
 
मृत्यु हुनेमा ट्यांकरका चालक नवलपरासी कोल्हुवाका ३० वर्षीय सन्तबहादुर कुमाल र उनका भतिजा २२ वर्षीय लीला कुमाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सई प्रभुप्रसाद ढकालले जानकारी दिए ।