मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ मान्यताका आधारमा छिमेकीसँग सम्बन्ध रहन्छ : अध्यक्ष ओली

नयाँ मान्यताका आधारमा छिमेकीसँग सम्बन्ध रहन्छ : अध्यक्ष ओली


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग विगतको अभ्यास र मान्यतामा नभई आजको आवश्यकता र नयाँ मान्यताका साथ सुमधुर सम्बन्ध राख्ने बताएका छन् । 
 
नेपाल चेम्बर अफ कमर्शको ६७ औँ साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई बधाई दिन सोमबार पार्टी कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कुनै समयमा विश्वमा उपनिवेशको समय रहेको तर आजको विश्व सार्वभौम मुलुकको स्वाधिनताका आधारमा अघि बढिरहेकाले नेपालीले राष्ट्रको स्वाभिमानप्रति गौरव गर्नुपर्ने उल्लेख गरे ।
 
“अब नेपाल तीव्र आर्थिक विकासमा अघि बढ्नुपर्छ । अहिलेको समय ठूला मुलुकले सानालाई अन्याय गर्ने समय होइन, संयुक्त राष्ट्रसंघको वडापत्रअनुसार सहअस्तित्वको मान्यताका साथ जानुपर्छ । 
 
नेपालमा विकास नहुनपर्ने कारण छैन, हाम्रा असाधारण स्रोत साधनको भरपूर प्रयोग गर्नुपर्छ ।” अध्यक्ष ओलीले भने, “सार्वजनिक स्वामित्वका उद्योगलाई कमिसनका नाममा बेचेर सखाप पारेर होइन निजी क्षेत्रसँग सहकार्य गरेर नयाँ–नयाँ उद्योग खोलेर बेरोजगारी र कुशासनको अन्त्य गरेर जनतालाई सेवा दिने गरी आगामी सरकारले काम गर्नेछ ।” रासस