मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

रवीन्द्र मिश्र भन्छन्- पत्रकारितामा ताली पाएँ, राजनीतिमा गाली

रवीन्द्र मिश्र भन्छन्- पत्रकारितामा ताली पाएँ, राजनीतिमा गाली


हिमालय खबर संवाददाता- 
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले परोपकारी राज्य स्थापना गरेरै छाड्ने बताएका छन् ।
 
शनिबार चितवनको नारायणगढमा आयोजित चेपाङ बालबालिकाको शैक्षिक सहयोगार्थ रवीन्द्र मिश्रको पुस्तकको रोयल्टी हस्तान्तरण कार्यक्रममा बोल्दै उनले राज्य परिवर्तनबिना जतिसुकै परोपकारी काम गरे पनि सिंगो देश परिवर्तन गर्न नसकिने बताए ।
 
देश बनाउनुपर्छ भनेर आफ्नो पेशा पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेको भन्दै मिश्रले भने, "पत्रकारिता र पारोपकारी काम गर्दा प्रसंशा र ताली पाएको थिएँ, राजनीतिमा प्रवेश गरेपछि गालीमात्रै खाएको छु ।"
 
राजनीतिमा लागेर गालीमात्रै खाने परिस्थितिलाई जसरी पनि चिरेरै छाड्ने मिश्रको अठोट छ । उनले आफ्नै पालामा देश बदलेर छाड्ने दाबी पनि गरे । आ–आफ्नो ठाँउबाट देश बदल्न जे सकिन्छ,त्यही गर्न मिश्रले सबैलाई आव्हान गरे । परोपकारी कामका लागि अहिलेसम्म भएका सहयोग र आगामी दिनमा हुने सहयोगलाई एक इन्च पनि तलमाथि हुन नदिने मिश्रले प्रतिज्ञा गरे ।
 
चेपाङ बालबालिकाको शैक्षिक सहयोगार्थ रवीन्द्र मिश्रले लेखेको पुस्तकको रोयल्टी मितेरी फाउण्डेशनलाई प्रदान गरिएको छ । मिश्रले फाउण्डेशनका संस्थापक अध्यक्ष एकल सिलवाललाई रु ३ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।
 
अहिलेसम्म पुस्तक रोयल्टीबाट उठेको करिब ११ लाख रुपैयाँ फाउण्डेशनलाई सहयोग गरिएको छ । यस्तै फाउण्डेशनले सोही कार्यक्रममा कान्देश्वरी आधारभूत विद्यालयलाई १ लाखको चेक हस्तान्तरण गरेको संस्थापक अध्यक्ष एकल सिलवालले जानकारी दिए ।