मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि ५६ सिटमा उम्मेदवारी दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि ५६ सिटमा उम्मेदवारी दर्ता


काठमाडौं । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि बुधबार उम्मेद्वारी दर्ता हुँदैछ । आज सातवटै प्रदेशका ५६ सिटको लागि उम्मेदवारी दर्ता हुन लागेको हो । 
 
राष्ट्रियसभा निर्वाचनका लागि सातवटै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । 
 
उच्च अदालत रहेका स्थानहरु विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 
 
उम्मेदवारी दर्ता गर्दा उम्मेदवारले १० हजार रुपैयाँ धरौटी बुझाउनु पर्दछ भने मतदाता सूचीमा नामावली भएको हुनुपर्नेछ ।
 
प्रदेशसभाका ५ सय ५० जना सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष १ हजार पाँच सय ६ जना गरी कुल २ हजार ५६ जना उम्मेदवारले ५६ जना राष्ट्रियसभा सदस्य चुन्नेछन् । 
 
५९ सदस्यीय राष्ट्रिय सभामा हरेक प्रदेशबाट ८–८ जनाको दरले ५६ जना चुनावबाट निर्वाचित हुने र तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । 
 
हरेक प्रदेशबाट चुनिने ८ जनामध्ये तीन जना महिला, एक जना दलित, एकजना अपांगता वा अल्पसंख्यक र तीन जना अन्य समूहबाट निर्वाचित हुन्छन् । राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय र बहुमतीय दुवै निर्वाचन प्रणाली अपनाइने निर्वाचन आयोगले जनाएको छ ।