मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

माओवादी केन्द्रमा शीर्ष तीन नेतालाई राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा

माओवादी केन्द्रमा शीर्ष तीन नेतालाई राष्ट्रियसभा उम्मेदवार छान्ने जिम्मा


काठमाडौं, माघ ८ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका उम्मेदवार छनोटका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको छ ।
 
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको प्रदेश इन्चार्जसहित शीर्ष नेताको बैठकले अध्यक्ष दाहाल तथा नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले मंगलबार उम्मेदवार छनोट गर्ने जिम्मा पाएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
 
नेकपा एमालेसँग संयुक्तरुपमा निर्वाचनमा जाने भएकाले माओवादी केन्द्रले १४ उम्मेदवारमात्र उठाउने भएको छ ।
 
प्रदेश इन्चार्जलाई एक उम्मेदवार छनोट गर्न तीन/तीनजनाको दरले सिफारिस गर्न दिइएको निर्देशनअनुसार सोमबार सम्भाव्य उम्मेदवारको नाम प्राप्त भएको जानकारी दिँदै भुसालले मंगलबार उम्मेदवारको टुंगो लाग्ने बताइन् ।
 
एमालेबाट २९ र माओवादी केन्द्रबाट १४ जना राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाइने सहमति दुईदलीय कार्यदलले गरेको छ । सोही आधारमा सबै वर्ग र क्षेत्र मिलाएर उम्मेदवार छनोट गरिने भुसालको भनाइ छ ।
 
पार्टीमा लामो समयदेखि योगदान गरेका, अवसर नपाएका, सहिद र बेपत्ता परिवारलाई पहिलो प्राथमिकतामा राखिने माओवादी केन्द्रले जनाएको छ । रासस