हिमालयखबर संबाददाता-
काठमाडौं । अन्ततः नेपाली कांग्रेसको प्रवक्तामा युवा नेता विश्वप्रकाश शर्मा मनोनित भएका छन् । एक महिना अघि भएको प्रतिनिधि सभाको चुनावमा झापामा झिनो मतले पराजित भएका शर्मालाइ कांग्रेस सभापति शेरबहादुर देउवाले प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
तीन महिना अघिनै गगन थापालाई प्रवक्ता बनाउने अाश्वासन र चर्चा भएको थियो । तर थापालाइ बनाएर देउवाले शर्मालाई प्रवक्तामा मनोनयन गरेका हुन् । नेपाली कांग्रेसको प्रवक्ता पद ठूलो महत्व राख्ने पद नभएपनि प्रेससँग नजिक सम्बन्ध राख्ने पद भएकाले यसको महत्व बढी रहनेगर्छ ।
गगन थापा भावनामा अाएर, लडहमा बोल्ने, उत्तेजित हुने गरेको अारोप कांग्रेसभित्रै पनि लाग्ने गरेको छ । कांग्रेसको गत महाधिवेशनमा थापा कृष्णप्रसाद सिटाैला प्यानलबाट महामन्त्रीको उम्मेदवार थिए । थापाको मुख्य एजेण्डानै देउवा परास्त गर्ने थियो । देउवाले त्यसैको बदलामा सुरूमा प्रवक्ता दिने चर्चा चलाएर शर्मालाइ नियुक्त गरेको टिप्पणी भैरहेको छ ।
नवनियुक्त प्रवक्ता शर्माले तार्किक, शालीन, अध्ययनशील र बाैध्दिक नेताको छबी बनाएका छन् ।
प्रतिक्रिया