मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्व. बन्धुराज न्यौपानेको देवघाटमा अन्त्येष्टि

स्व. बन्धुराज न्यौपानेको देवघाटमा अन्त्येष्टि


चितवन । चितवनको रत्ननगर–१२, स्थित घेघौलीका ८७ वर्षीय बन्धुराज न्यौपानेको बुधबार बिहान ६ बजे निधन भएको छ । 
 
लमजुङको दुराडाँडामा १९८८ मंसिर ७ गते जन्मिएका न्यौपाने २०१३ सालमा बसाइँ सरेर चितवन झरेका थिए । 
 
उनको श्रीमती निर्मलादेवी न्यौपाने, छोराहरु डा विजयराज न्यौपाने, रामहरि न्यौपाने, रामराज न्यौपाने रहेका छन् । यस्तै चार नाति र एक नातिनी छन् ।
 
उनको बुधबार नै देवघाटमा अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका स्व न्यौपानेको सम्मानमा नेपाली कांग्रेसका पूर्वसभापति टीकाराम न्यौपाने, टेकप्रसाद गुरूङ सचिव उत्तम जोशी र राजीव न्यौपानेले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । स्व न्यौपानेको अन्त्येष्टिमा सयौँ शुभचिन्तक, इष्टमित्र तथा बन्धुवान्धवको सहभागिता रहेको थियो । 
 
न्यौपाने कल्याण समाज नेपालका महासचिव जगन्नाथ न्यौपानेले स्वर्गीय न्यौपानेको जीवनीबारे चर्चा गरेका थिए । 
 
स्व. न्यौपाने, न्यौपाने कल्याण समाजको अध्यक्ष, नेपाल परिवार नियोजन संघका संस्थापक सदस्य तथा पूर्वसदस्य, पञ्चकन्या गाउँ पञ्चायतका उपप्रधानपञ्च, पञ्चकन्या माविका पूर्वअध्यक्षलगायत विभिन्न संघसंस्था एवम् विद्यालय व्यवस्थापन समितिमा पूर्वअध्यक्ष रहेका थिए । 
 
संस्कृतको स्वाध्ययन गरेका न्यौपाने समाजसेवा, परोपकार र मानवसेवामा सक्रिय रहेका थिए । उनको निधनले न्यौपाने परिवारमा ठूलो क्षति पुगेको भन्दै भाइ तीर्थराज न्यौपानेले स्व. बन्धुराजको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । 
 

शेयर गर्नुहोस:

0
Shares