मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालिकोटमा प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु

कालिकोटमा प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु


कालीकोट ।  कालिकोटमा प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। प्रहरीले चलाएको गोली लागेर रासकोट नगरपालिका २ घर भएका म्यादी प्रहरी विवेक ऐरीको ज्यान गएको हो । 
 
म्यादी प्रहरीको तलवमा विभेद भएको भन्दै म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयको गेटमा प्रदर्शन गरेका थिए ।
 
प्रर्दशनले उग्ररुप लिएपछि नियन्त्रण लिन प्रहरीले हवाइ फायर गरेको थियो । सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सुरक्षाको लागि भर्ना भएका ९८ हजार प्रहरी आजबाट विदा भएका छन् ।
 
तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का ऐडीलाई लागी गम्भीर घाइते भएकामा जिल्ला अस्पतालमा उपचारका क्रममा केहीबेरअघि मात्र मृत्यु भएको थियो ।
 
प्रहरीले म्यादी प्रहरीको तलब यसअघि रु २४ हजार भुक्तानी भइसकिएको र अब रु  ३४ हजार २५० दिइने भने पनि चित्त नबुझेकाले विरोध जनाएर ज्ञापनपत्र बुझाउन आउँदा म्यादी प्रहरीमाथि लठ्ठी प्रहार भएको थियो ।  अहिले कालीकोटको अवस्था तनावग्रस्त छ । 
 
जिल्लामा शैक्षिक मेला भइरहेको अवस्थामा प्रहरीले अश्रुग्यास र गोली प्रहार गर्दा करिब १० बालबालिका हराइरहेको बताइएको छ । प्रहरीले माथिको आदेशभन्दा पनि मनोमानी तरिकाले गोली चलाएको आरोप म्यादी प्रहरीले  लगाएका छन् । प्रहरीले भने आफूले अश्रुग्यास मात्र हानेको तर गोली नचलाएको जिकिर गरेको छ । रासस