मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मालपोत कार्यालयमा बम विस्फोट, तीनजना घाइते

मालपोत कार्यालयमा बम विस्फोट, तीनजना घाइते


लहान । सदरमुकाम सिरहास्थित जिल्ला मालपोत कार्यालयमा शुक्रबार दिउँसो बम विस्फोट हुँदा तीनजना घाइते भएका छन् । 
 
घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आउनुभएका सिरहा नगरपालिका–१ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका–१२ सारस्वरका राजकुमार पासवान र सोही ठाउँका रोशन पासवान रहेको सिरहाका प्रहरी नायब उपरीक्षक राजकुमार भेटवालले जानकारी दिए । 
 
बमको छर्रा लागेर गम्भीर घाइते भएका तीनैजनाको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले बताए । 
 
मालपोत कार्यालयका प्रमुखको कार्यकक्ष अगाडि रहेको सोफामुनि राखिएको प्रेसरकुकर बम आज दिउँसो अचानक विस्फोट हुँदा कार्यालयको पर्खालमा क्षति पुगेको छ भने झ्यालका सिसासमेत फुटेका छन् । बम कसले र किन विस्फोट गराएको हो भन्नेबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले जानकारी दिए । रासस