मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चुनावी प्रतिस्पर्धामा रहेका सबै महिला पराजित

चुनावी प्रतिस्पर्धामा रहेका सबै महिला पराजित


पोखरा  । कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै (१२ जना) महिला उम्मेदवार पराजित भएका छन् ।
 
प्रदेशसभा क्षेत्र नं ३ (क)मा निकटतम नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत ल्याएर पराजित भए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रामजी बरालले १५ हजार ८२३ मत प्राप्त गरी विजयी भए । यस्तै हारेका अन्य महिला उम्मेदवारले पनि  थोरै मत ल्याएका थिए ।  
 
प्रतिनिधिसभा क्षेत्र नं २ मा राष्ट्रिय जनमुक्ति पार्टीकी  उमा दर्लामी, राष्ट्रिय जनमोर्चाकी  दालकुमारी खत्री, संंघीय समाजवादी फोरम नेपालकी रत्न भट्टचन र नेपाल दलित पार्टीकी लक्ष्मी विश्वकर्मा पनि चुनावी प्रतिस्र्धामा उत्रिएका थिए ।
 
यस्तै प्रदेशसभा क्षेत्र नं १ (क) मा मंगोल नेशनल अर्गनाइजेशनकी  ज्ञानु गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीकी  सीता श्रीस मगर, (ख)मा संघीय समाजवादी फोरम नेपालकी  काशीमाया गुरुङ, प्रदेश नं २ (क)मा राप्रपाकी  विष्णु खड्का, (ख)मा नेपाल दलित पार्टीकी मिठु परियार, प्रदेश नं ३ (ख)मा नेपाल दलित पार्टीकी  कमला विक र राप्रपाकी  धनुमाया कोइराला आचार्य पनि प्रतिस्पर्धी बनेका थिए । 
 
जिल्लाभर प्रतिनिधिसभाका लागि तीन र प्रदेशसभाका सदस्यका लागि छ निर्वाचन क्षेत्रमा तीन स्वतन्त्रसहित ९५ जना  चुनावी प्रतिस्पर्धामा थिए । (रासस)