मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विकास र समृद्धि नै मुख्य लक्ष्य : डा रिजाल

विकास र समृद्धि नै मुख्य लक्ष्य : डा रिजाल


मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नवनिर्वाचित सांसद डा मीनेन्द्र रिजालले विकास र समृद्ध नै राष्ट्र निर्माणको आधार भएको बताएका छन् । 
 
जिल्ला निर्वाचन कार्यालय मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको प्रमाणपत्र प्रदान कार्यक्रममा पूर्व सञ्चारमन्त्रीसमेत रहेका रिजालले मोरङको २ नं क्षेत्रका जनताले आफूप्रति विश्वास गरेकाले अब विकास र समृद्धिका लागि काम गर्ने बताए ।
 
उनले भने, ‘मोरङको २ नं क्षेत्रमा सडक निर्माण, बिजुली बत्तीको समस्या, नदीले कटान गर्दा हुने समस्या छन् ती समस्यालाई मैले हल गर्नुपर्छ ।’ 
 
मोरङ क्षेत्र नं २ (१)का प्रदेश सांसद शिवनारायण गनगाईंले विकास निर्माण नै मेरो प्राथमिकता हो भने । 
 
त्यस्तै मोरङ क्षेत्र नं २ (२)का प्रदेश सांसद लीलाबल्लभ अधिकारीले विकासमा सहकार्य गरेर अगाडि बढ्ने बताए । उनले समस्या ब्यूँताउनेभन्दा समस्या हल गर्नेतर्फ लाग्ने बताए । (रासस)