मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अर्का उपप्रधानमन्त्री पनि पराजित

अर्का उपप्रधानमन्त्री पनि पराजित


काठमाडैा । जारी प्रतिनिधि सभाको मतगणनाको क्रममा पराजित मन्त्रीहरूको सूचिमा अर्का एक थपिएका छन् । नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नम्बर २ मा उप प्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ एमाले उम्मेदवारसँग पराजित भएका छन् ।
 
वाम गठबन्धनको तर्फबाट नेकपा एमालेकी उम्मेदवार पद्या अर्याल ३५१४१ मत ल्याउँदै विजयी भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता समेत रहेका बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले ३१४२६ मत ल्याएका थिए । 
 
अहिलेसम्मको चुनावी परिणाम अनुसार एमाले एक्लैले ७९ क्षेत्रमा विजयी भएको छ । कैलालीमा समेत एमाले उम्मेदवार विजयउन्मुख छन् । 
चुनावमा डेढ दर्जनका हाराहारीमा वहालवाला मन्त्रीहरू पराजित भैसकेका छन् । उप प्रधानमन्त्री सहित २० जना बहालवाला मन्त्रीहरू चुनावमा पराजित भैसकेका छन् । सुनसरीमा अर्का उपप्रधानमन्त्री विजय गच्छेदार पनि एमाले उम्मेदवार भगवती चाैधरीसँग डेन्जर जोनमा रहेर प्रतिस्पर्धा गरिरहेका छन् ।