मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आरजु देउवा नारदमुनिसँग पराजित

आरजु देउवा नारदमुनिसँग पराजित


धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसकी उम्मेदवार आरजु देउवा राणा पराजित भएकी छन् । 
 
उम्मेदवारी दिएलगत्तै चुनावी सभामा उनलाई विपक्षीहरुले टुरिष्ट उम्मेदवारको आरोप लगाएपछि कैलालीमा तीन करोड रुपैयाँमा घर किनेर चर्चामा आएकी उनी एमालेका नारदमुनि रानासँग पराजित भएकी हुन् । 
 
रानाले २७ हजार २०२ मत पाएका छन् भने प्रधानमन्त्री पत्नीसमेत रहेकी कांग्रेस उम्मेदवार राणाले २२ हजार ३२२ मत पाएकी छन् । उनी ४ हजार ८८० मतअन्तरले पराजित भएकी हुन् । 
 
तेस्रो स्थानमा राजपाका लक्ष्मण थारु छन् । टीकापुर काण्डका अभियुक्तसमेत रहेका उनले जेलबाटै उम्मेदवारी दिएका थिए । उनले ६ हजार ४६४ मत पाएका छन् ।