मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मतगणना नसकिँदै नारायणकाजीले दिए डा भट्टराईलाई बधाई

मतगणना नसकिँदै नारायणकाजीले दिए डा भट्टराईलाई बधाई


गोरखा । बहुचर्चित गोरखा क्षेत्र नम्बर २ मा डा बाबुराम भट्टराईले फराकिलो मतअन्तर ल्याएपछि माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले मतगणना नसकिँदै बधाई दिएका छन् । उनले प्रतिद्वन्द्वी बाबुराम भट्टराईलाई बधाई दिँदै मतदाताको निर्णयलाई शिरोधार्य गर्ने बताएका छन् ।
 
“गोर्खा २ का आदरणीय मतदाताको निर्णयलाई शिरोधार्य गर्दै विजयका निम्ति डा। बाबुराम भट्टराईलाई हार्दिक बधाई । उनले शनिबार दिउँसो ट्वीट गर्दै भनेका छन्, "निर्वाचनमा मलाई समर्थन र सहयोग गर्नुहुने मतदाता, वाम गठबन्धनका नेता–कार्यकर्ताहरु, आफन्तजन, शुभेच्छुकहरु सबैलाई आभार तथा धन्यवाद ।”
 
गोरखा २ मा अझै केही मत गणना गर्न बाँकी नै छ । श्रेष्ठले भट्टराईलाई टेलिफोनसमेत गरेर बधाई दिइसकेका छन् ।
 
श्रेष्ठले निर्वाचन परिणाम जे जस्तो भए पनि देश, जनता, सत्य र न्याय प्रतिको निष्ठामा अविचलित रहेर सक्रिय हुने प्रण गरेका छन् । उनले नेपाली जनता र  गोर्खाका जनताको सेवामा समर्पित रहने प्रतिबद्धता जनाएका छन् ।