मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रचण्डलाई २१७७ मतको अग्रता, गणक बढाउने तयारी

प्रचण्डलाई २१७७ मतको अग्रता, गणक बढाउने तयारी


चितवन । चितवन क्षेत्र नं ३ मा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता कायम राखेका छन् । राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई पछि पादै उनले अग्रता कायम गरेका छन् ।
 
दाहालले ५३४४ मत प्रप्त गर्दा पाण्डेले ३१६७ मत प्राप्त गरेका छन् । दाहाललाई एमालेले सहयोग गरेको छ भने पाण्डेलाई नेपाली कांग्रेसको साथ रहेको छ । 
 
चितवन क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८२३ मतदाता छन् । दाहाल र पाण्डेसहित १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । दाहालले २१७७ मतले अग्रता कायम राखेका छन् ।
 
गणक बढाउने तयारी सुरु
 
चितवनमा नतिजा आउने क्रम ढिला भएपछि गणक बढाउने तयारी सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले दिएको जानकारीअनुसार चितवनमा मतगणना टोली बढाउने तयारी गरिएको बताए । मत परिमाण आउन ढिला भइरहेको अब नतिजा छिटो गर्न गणक थपेर गन्ने कार्य हुने उनले बताए । अहिले नयाँ तारजाली थप गरी मतगणना स्थल बढाउने तयारी भइरहेको छ ।