मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

केपी आली निकै अगाडी, झापामा बाम अग्रता

केपी आली निकै अगाडी, झापामा बाम अग्रता


हिमालयखवर संवाददाता 
२३ मंसिर, काठमाडौं- सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिएका केपी शर्मा ओलीको गृहजिल्ला झापाका पाँच स्थान मध्ये ४ वटैमा वामपन्थी गठबन्धनले अग्रता लिइरहेको छ । ओलीले आफ्नो प्रतिस्पर्धीलाई निकै ठुलो मतअन्तरले पछाडि पारेका छन् । 
 
मतगणनाको पछिल्लो नतिजा अनुसार ओलीले १४ हजार ६८५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी काँग्रेसका डा खगेन्द्र अधिकारीले जम्मा ६ हजार ३९१ मत पाएका छन् । 
 
झापामा काँग्रेसका चर्चित युवा नेता विश्वप्रकाश शर्मा, काँग्रेस वरिष्ठ नेता कृष्णप्रसाद सिटौला पछाडि परेका छन् । तर, शर्मा पछि परेपनि मतअन्तर भने कम छ । प्राप्त पछिल्लो विवरण अनुसार झापा १ मा राम कार्कीको १२ हजार ७८६ मत छ । शर्माले ११ हजार ९०९ मत प्राप्त गरेका छन् ।

शेयर गर्नुहोस:

0
Shares