मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गगनले जिते

गगनले जिते


हिमालयखवर संवाददाता 
काठमाडौ- काठमाडौ क्षेत्रनं ४ वाट प्रतिनिधिसभामा नेपाली कांग्रेस उम्मेदवार गगन थापाले जितेका छन् । उनले २१ हजार ५ सय ५८  मत ल्याई विजय भएका हुन् । गगन कांग्रेस भित्र चर्चित युवा नेता हुन् । स्वास्थ्य मन्त्री समेत भईसकेको थापा यो निर्वाचनमा अरु भन्दा वढी चर्चामा थिए । 
 
उनका प्रतिद्धन्दी डा राजन भट्टराईले १८ हजार १ सय ४० मत मात्र ल्याए । थापा यस अघि पनि उक्त क्षेत्रवाट निर्वाचित भएका थिए । डा भट्टराईले शुरुमा गगनलाई टक्कर दिएका थिए ।
 
तर, भोट पछी भोट अन्तर वढाउदै लगेका थिए । एमालेका अध्यक्ष केपी ओलीले चुनावी र्यालीमा भट्राईलाई परराष्ट्रमन्त्री वन्न योग्य भनेर प्रशंसा गरेका थिए । उनी यस अघि एमाले प्रधानमन्त्री माधवकुमार नेपालका परराष्ट्र सल्लाकार थिए । 
 
थापाले उक्त क्षेत्रवाट यस अघिको जस्तो ठुलो मतअन्तरले भने जित्न सकेनन् ।