मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रकाशमानले जिते, रविन्द्र हारे

प्रकाशमानले जिते, रविन्द्र हारे


हिमालयखवर संवाददाता
काठमाडौँ– काठमाडौ क्षेत्र १  प्रतिनिधि सभामा प्रकाशमान सिंहले जितेका छन् । उनी यस पटक निर्वाचनमा कांग्रेसपार्टीवाट चुनाव जित्ने पहिलो उम्मेदवार भए । 
 
उक्त क्षेत्रमा सिंहले जितेको यो तेस्रो पटक हो । उनले विवेकशील साझा पार्टीका उम्मेदवार रविन्द्र मिश्रलाई झिनो मतअन्तरले हराउंदै नतिजा आफ्नो पक्षमा निकालेका हुने । सिंहले १० हजार ९३६ मत पाएका छन् । निकटम प्रतिद्धिन्दी मिश्रले १० हजार २१७ मत पाए । 
 
यो हारले विवेकशील साझा पार्टीलाई भने ठुलो धक्का लागेको छ । राष्ट्रिय पार्टी वन्ने विवेकशीलको योजना जटिल वनेको छ । राष्ट्रिय पार्टी वन्न प्रत्यक्षमा एक सिट जित्नै पर्छ र कुल सदर मतको ३ प्रतिशत भोट पाउनु पर्छ ।
 
रवीन्द्र मिश्रको काठमाडौं क्षेत्र नं १ को परिणामबारे प्रेस विज्ञप्ति
विवेकशील साझा पार्टीको तर्फबाट मैले काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि दिएको उमेदवारीमा मलाई विश्वास गर्ने मतदाताहरू, नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, संचारकर्मी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।
 
काठमाडौं क्षेत्र नं १ बाट मेरोभन्दा ८१९ मत बढी लेराएर लगातार तेस्रो पटक विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहलाई मैले एकैछिन अघि फोन गरेर बधाई तथा शुभकामना दिएको छु।
 
विवेकशील साझा पार्टी निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामैं विना सङ्गठन उमेदवारी दिँदा पनि म लगायत हाम्रो पार्टीलाई भरपर्दो विकल्पका रूपमा हेरिएको तथ्यलाई मैले अत्यन्तै उत्साहजनकरूपमा लिएको छु।
 
“यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व” नाराका साथ चुनावमा होमिएको विवेकशील साझाले राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नु र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने थियो। समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेका छौं।
 
समष्टिगतरूपमा भन्नुपर्दा, नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा संभवत: कुनै पनि पार्टी यसरी राजनीतिमा उदाएको थिएन। अब देशभरी अभिव्यक्त सदभावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् यो देशको नेतृत्व गर्नका लागि आफुहरूलाई तयार पार्नु हाम्रो चुनौति हुनेछ।
 
यो देश बनाएरै छोड्ने हाम्रो अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा हामी विश्वस्त छौँ। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो!
 
 
रवीन्द्र मिश्र
उमेदवार, काठमाडौं क्षेत्र नं १
संयोजक, विवेकशील साझा पार्टी