काठमाडौं,२२ मंसिर। स्वतन्त्र उमेदवार प्रदेश सभातर्फ मनाङबाट राजीव गुरूङ (दिपक मनाङे) सांसदमा बिजयी भएका छन् । गुरूङ १४ सय १० मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्मा गुरूङले १०२० मत ल्याए ।
एमालेले टिकट नदिएपछि स्वतन्त्र उमेदवारी दिएका मनाङेलाई एमाले सहित बाम गठबन्धनले समर्थन पाए पछि बिजयी हुन सफल भएका हुन् I राप्रपाका मनाङ जिल्ला अध्यक्ष रहेका दीपक मनाङे भनेर चिनिने गुरूङ निर्वाचनको केही समय अघिमात्रै एमाले प्रवेश गरेका थिए । एमालेका उमेदवारले सो क्षेत्रबाट उमेदवारी फिर्ता लिएकी थिइन् ।
प्रतिक्रिया