मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दलका नेताहरू गालीगलौजमा उत्रिए

दलका नेताहरू गालीगलौजमा उत्रिए


पोखरा– पहिलो चरणको निर्वाचन सकिएर दोस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा दलका नेताहरू आपसी गालीगलौजमा उत्रिएका छन् ।
 
नेकपा (एमाले) र माओवादी केन्द्रबाट बनेको वाम गठबन्धन र नेपाली काँग्रेस र राप्रपाबाट बनेको लोकतान्त्रिक मोर्चाका नेता यतिबेला एकले अर्कोलाई गाली गर्ने र आफूमात्रै ठीक भनी मतदातासँग भोट मागिरहेका छन् ।
 
कुनै ठाउँमा एक मोर्चाले चुनावीसभा ग¥यो भने भोलिपल्टै अर्को मोर्चाले त्यसै ठाउँमा गरिहाल्ने, अघिल्लो दिनमा दलका नेताले लगाएको दोष मेट्न त्यसको खण्डन गर्ने प्रवृत्ति बढेको देखिन्छ ।
 
विशेषगरी वाम गठबन्धनले निर्वाचनमा गठबन्धनको दुई तिहाइ मत आउने, निर्वाचनपछि नेपाली काँग्रेसको सरकार हट्ने र पुस महिनादेखि वाम गठबन्धनको बहुमतको स्थीर सरकार बन्ने र पाँच वर्षसम्म एउटै सरकारले शासन गर्ने भनेर दाबी गर्दै गठबन्धनका नेता तथा उम्मेदवारले भाषण गर्दै हिँडेका छन् । 
 
कम्युनिष्टले शासन गर्ने, सुकमबासी समस्या, आर्थिक समृद्धि र विकास, वृद्धवृद्धालाई पाँच–पाँच हजार भत्ता पु¥याउने, केरुङ–काठमाडौँ–पोखरा हुँदै लुम्बिनीसम्म रेल कुदाउने, कोही भोका नांगा बस्न नपर्ने, रोजगारीका अवसर सिर्जना गरेर विदेशिने युवाको संख्या घटाउनेजस्ता आश्वासन दिएका छन् ।
 
उता लोकतान्त्रिक मोर्चाको नेतृत्व गरेको काँग्रेसले वाम गठबन्धनका नेताका अभिव्यक्तिलाई आपत्तिजनक ठहराउँदै त्यसको खण्डन गरेको देखिन्छ ।
 
कम्युनिष्ट शासन आए देशमा अनिष्ट हुने, एकदलीय, राष्ट्रपतीय शासन प्रणाली र अधिनायकवाद लाद्नेजस्ता आरोप लोकतान्त्रिक मोर्चाका नेताको छ । कम्युनिष्ट शासनले देशको आर्थिक विकास र समृद्धि हुन नदिने, जनता आफूले लागेको बोल्न र रुन पनि नपाउने भन्दै नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक मोर्चा नेताले मात्रै लोकतन्त्रको संस्थागत विकास, संविधान कार्यान्वयन र आर्थिक समृद्धि सम्भव भएको जिकिर गरेका छन् ।
 
नेपाली जनताले कम्युनिष्ट शासन प्रणाली नचाहेको भन्दै लोकतान्त्रिक मोर्चाका नेताले नेपाली काँग्रेस पक्षधर मोर्चाको जीत सुनिश्चित भएको दाबी गरेका छन् । 
 
मंसिर १० गते भएको निर्वाचनमा ३२ जिल्लाका दल र उम्मेदवारको भविष्य अहिले सुरक्षाकर्मीको कडा सुरक्षाका साथ राखिएको मतपेटिकाभित्र छ । मंसिर २१ गते अधिराज्यका ४५ जिल्लामा दोस्रो चरणको निर्वाचन हुने र सोही दिनको साँझबाट राजनीतिक दल र उम्मेदवारको भविष्यको जनताले फैसला गर्नेछन् । रासस