मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

समृद्धि र विकासका लागि लोकतन्त्र अनिवार्य : प्रकाश अधिकारी

समृद्धि र विकासका लागि लोकतन्त्र अनिवार्य : प्रकाश अधिकारी


भरतपुर– लोकतन्त्र र शान्तिका लागि कहीँ कसैसँग सम्झौता नगर्ने नेपाली कांग्रेस चितवन क्षेत्र नं २ प्रदेशका उम्मेदवार प्रकाश अधिकारीले बताएका छन् । 
 
भरतपुर–५ ले आयोजना गरेको घरदैलो एवं चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उम्मेदवार अधिकारीले समृद्धि र विकासका लागि शान्ति र शान्तिका लागि लोकतन्त्र अनिवार्य हुने बताए । मुलुकलाई अनेक किसिमका द्वन्द्वबाट नेपाली कांग्रेसले नै बाहिर ल्याएको भन्दै अब समृृद्धिको बाटो हिँडाउन पनि नेपाली कांग्रेस नै चाहिने बताए । 
 
पहिलो संविधानसभामा कांग्रेसको उपस्थिति सानो हँदा संविधान आउन नसकेको भन्दै दोस्रो संविधानसभामा कांग्रेसको उपस्थिति र नेतृत्वका कारणले देशले संविधान पाएको बताए । 
 
प्राप्त संविधानको कार्यान्वयन गर्दै मुलुकलाई अगाडि बढाउन पनि कांग्रेस नै चाहिने भन्दै कुनै संकोच नमानी नेपाली कांग्रेसलाई मतदान गर्न उनले आग्रह गरे । 
 
अघिअघिका निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा नेपाली कांग्रेसका कार्यकर्ताहरु उत्साहित देखिएका थिए । नेपाली कांग्रेस भरतपुर–५ ले आयोजना गरेको घरदैलो कार्यक्रममा उत्साहित दर्जनौँ कांग्रेस कार्यकर्ताका उपस्थिति रहेको थियो ।
 
धेरै वर्ष प्राध्यापन क्षेत्रको अनुभव संगालेका उम्मेदवार प्रकाश अधिकारी गाउँगाउँ पुग्दा उनले पढाएका विद्यार्थीहरु उत्साहित देखिन्थे । उनीहरुले आफ्ना गुरूलाई निर्वाचित गराई छाड्ने प्रतिबद्धतासमेत गरे ।