मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कृषकलाई कृषि अनुदानको व्यवस्था गर्छु : नेता कोइराला

कृषकलाई कृषि अनुदानको व्यवस्था गर्छु : नेता कोइराला


नारायणगढ– नेपाली कांग्रेसका नेता एवं चितवन क्षेत्र नं ३ (क)का प्रदेशसभा सदस्य उम्मेदवार दिनेश कोइरालाले कृषकको लागि आवश्यक अनुदान र सहुलियतमा कृषि ऋणको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । 
 
मंगलबार भरतपुर–६ केशरबागमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै कोइरालाले आफूलाई जिताएमा कुनै पनि कृषक मारमा नपर्ने बरु कृषकको हकहित र संरक्षण गर्ने बताएका हुन् । 
 
कोणसभालाई सम्बोधन गर्दै कोइरालाले भने– ‘म देशका विभिन्न ठाउमा कार्यक्रममा जाँदा चिया खान होटल पस्छु, चिया खान्छु अनि अन्त्यमा सोध्छु: यो दूध कहाँबाट आउँछ ? अनि व्यापारी भन्छन् चितवनको केशरवाग । यसो भन्दै गर्दा मलाइ गर्व लाग्छ । किनकि मेरो गाउँ–ठाउँको दूध देशभरि पुग्छ ।’ 
 
उम्मेदवार कोइरालाले भने– ‘आफूले जितेमा म विश्वास दिलाउन चाहन्छु, यहाँको अन्नपूर्ण दुग्ध उत्पादन सहकारीको स्तरोन्नति गरेरै छाड्छु । उच्च प्रविधि भित्र्याएर यहाँको किसानले उत्पादन गरेको दूधलाई उचित बजारीकरण र प्रवद्र्धन गर्ने छु । यहाँको विकास गर्ने मेरो दायित्व हो ।’
 
कोइरालाले सहिद स्मृति माविको रजत जयन्तीमा आफूले उच्च शैक्षिक प्रविधि भित्र्याएर यहाँको विद्यालयलाई नमुना बनाउन लाग्ने प्रतिबद्धता व्यक्त गरे । कोइरालाले भने– ‘मंसिर २१ गतेसम्म मलाई साथ दिनूस् । बाँकी पाँच वर्ष तपाईंहरुकै साथमा रहेर विकास गर्छु ।’  
 
कोइरालाले पाँच वर्षभित्रमा यहाँका सडकमा धूलो नभेटिने र सबै सडकको स्तरोन्नति गरी कालोपत्रे गर्ने प्रतिबद्दता जनाए ।कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद् रामकृष्ण घिमिरेले दिनेश कोइराला र विक्रम पाण्डे विकासको पयार्यवाची शब्द भएको बताए । 
 
उनले स्थानीय चुनावमा भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई जिताएको स्मरण गर्दै विक्रम पाण्डेलाई पनि जिताएरै छाड्ने विश्वास दिलाए । उनले चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अस्थिरताको पयार्यवाची भएको आरोपसमेत लगाए ।