मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रचण्ड क्रान्तिका खलनायक : सीपी गजुरेल

प्रचण्ड क्रान्तिका खलनायक : सीपी गजुरेल


नवलपुर– नेकपा क्रान्तिकारी माओवादीको नेता एवम् देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले अहिले नेपालमा प्रतिक्रान्ति हावी भएको बताएका छन् ।  
 
क्रान्तिकारी पत्रकार महासंघले मंगलबार नवलपरासीको कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
 
उनले जनयुद्ध तथा क्रान्तिका नायक पुष्पकमल दाहाल प्रचण्डले नै अहिले प्रतिक्रान्तिको नायक भएर क्रान्तिको खलनायकको रुपमा भूमिका खेलेको आरोप लगाए ।  
 
आफ्नो मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा जित्नकै लागि वा थ्रेस होल्ड कटाउनकै लागि चुनावमा भाग लिएको नभई आफ्नो मत जोगाउनका लागि निर्वाचनमा भाग लिएकोसमेत बताए ।  
 
उनले संविधानमा कही कतै जनगणतन्त्र उल्लेख नगरिएको र देशमा जनगणतन्त्र अझै नआएकोले नेपालमा अझै क्रान्ति आवश्यक रहेकोमा जोड दिए । उनले आफूहरु निर्वाचनमा हार्नकै लागि मात्र भाग नलिएको तर जित्नकै लागि अन्य पार्टीको जस्तो जोड नरहेको बताए ।  
 
क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सचिव रामकुमार श्रेष्ठको सञ्चालनमा भएको पत्रकार सम्मेलनमा नेकपा क्रान्तिकारी माओवादीका प्रदेश ५ का संयोजक प्रेम सुवेदी, केन्द्रीय सदस्य एवम् समानुपातिक उम्मेदवार अशोक लम्साल अनुकुल प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। १ नवलपुरका उम्मेदवार पिताम्बर तिवारी, प्रतिनिधिसभा २ का उम्मेदवार नारायण पंगेनी, प्रदेशसभा २ ख का उम्मेदवार मणि न्यौपानेलगायतको सहभागिता रहेको थियो ।
 
नेकपा क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरले नवलपुरका २ प्रतिनिधि सदस्यका लागि र ४ प्रदेश सदस्यमध्ये २ प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको छ ।