मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन क्षेत्र नं १ मा घरदैलो र कोणसभालाई तीव्रता

चितवन क्षेत्र नं १ मा घरदैलो र कोणसभालाई तीव्रता


चितवन– वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारहरुले जनतासँग भोट माग्ने क्रमलाई तीव्रता दिएका छन् । वाम र कांग्रेसका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुले आफ्ना विकासका योजना सुनाउँदै जनतासँग भोट मागेका छन् । 
 
वाम गठबन्धनका उम्मेदवारहरुले शुक्रबार रत्ननगरका दुईवटा वडामा घरदैलो र कोणसभा गरेका छन् । चितवन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डे र क्षेत्र १ प्रदेशसभा (ख)का उम्मेदवार कृष्णप्रसाद खनालले रत्ननगर वडा नं ५ र ६ का मतदातासँग भोट मागेका हुन् । 
 
कोणसभामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेन्द्र पाण्डेले जनताको विकासको चाहना वाम गठबन्धको सरकारले पूरा गर्ने बताए । ‘तपाईंहरु ढुक्क भएर हामीलाई मतदान गर्नुहोस् । हामी विकास दिन्छौँ,’ उनले भने ।
 
कार्यक्रममा प्रदेशसभा(ख)का उम्मेदवार कृष्णप्रसाद खनालले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको विकासको लागि वाम गठबन्धनको जित अनिवार्य रहेको बताए । उनले आफूले जितेपछि जनताको चाहना पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए । 
 
त्यसैगरी, नेपाली कांग्रेसबाट चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी र प्रदेशसभा(ख)का उम्मेदवार उत्तम आचार्यले शुक्रबार खैरहनी नगरपालिका वडा नं ३ मा भोट मागेका छन् । 
 
उम्मेदवारहरुले गोठसोरबाट घरदैलो सुुरु गरी टुंगारा, धुसरी, हुनाटोल र सिद्धिपुरका जनतासँग भोट मागेका हुन् । घरदैलोपछि आयोजित कोणसभामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बुर्लाकोटी र प्रदेशसभा सदस्यका उम्मेदवार आचार्यले लोकतन्त्रको रक्षाको लागि कांग्रेसलाई भोट हाल्न आग्रह गरेका थिए ।