मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अब युवा अरबको खाडीमा तड्पिएर काम गर्नु पर्दैन : प्रचण्ड

अब युवा अरबको खाडीमा तड्पिएर काम गर्नु पर्दैन : प्रचण्ड


चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं वाम गठबन्धनबाट चितवन क्षेत्र नं ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि देशमै व्यापक रोजगारीको ढोका खुल्ने बताएका छन् । 
 
भरतपुरको पार्वतीपुरमा युवाहरुको भेलालाई सम्बोधन गर्दै उम्मेदवार प्रचण्डले अरबको खाडीमा तड्पिएर काम गर्नुपर्ने दिने छिट्टै हट्ने बताए । 
 
उनले देशबाट दैनिक रुपमा युवाहरु विदेश पलायन हुनु विडम्बना भएको भन्दै वाम नेतृत्वको सरकारले युवालाई देशमै रोजगारीको अवसर प्रदान गर्ने बताए । उनले विदेशमा बस्ने नेपालीहरुको इज्जतका लागि पनि नेपाल समृद्ध बन्नुपर्ने बताए ।
 
माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समिति पार्टी एकीकरण गर्ने उद्देश्यले नै बनाइएको भन्दै एउटा ठूलो संकल्पसहित पार्टी एकीकरणको निर्णयमा पुगेको बताए । 
 
उनले भने– “देश बनाउनलाई कसै न कसैले त्याग गर्नेपर्छ, हामीले त्याग गरेनौं भने भावी पुस्ताले हामीलाई धिकार्छ, हामीले देश निर्माणको जग बसालेर सुम्पिनुपर्छ ।” प्रचण्डले वामपन्थी सरकारले बसालेको जगमा घर बनाउने र बस्ने जिम्मेवारी युवाहरुको भएको बताए ।
 
अर्को प्रसंगमा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले विपक्षीले पैसाको भरमा युवाहरुलाई प्रलोभनमा पार्न खोजेको भन्दै कम्युनिष्ट आन्दोलनमा पैसाको खेलले कुनै असर नगर्ने बताए ।