चितवन– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला ईन्चार्ज लालबहादुर बिसीलाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
आइतबार नारायणगढ बजार क्षेत्रबाट बिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त्ता डिएसपी प्रभु ढकालले जानकारी दिए । चुनावी कार्यक्रममा आक्रमण गर्ने कार्यहरु बढ्दै जान थालेपछि चितवनमा त्यस्ता घटना हुन नदिन बिसीलाई पक्राउ गरिएको उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा चुनाव बहिस्कार अभियान थालेको छ । देशका विभिन्न ठाउँमा उम्मेद्वारमाथि आक्रमणका घटनासमेत भएका छन् । चितवनमा शान्तिपूर्ण तवरले चुनावी अभियान सम्पन्न गर्न प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यक्रता पक्राउ गरेको जनाएको छ ।
यसैबीच जिल्ला सेक्रेटरी ध्रुवले प्रहरीले आफ्ना नेतालाई बिनाकारण पक्राउ गरेको भन्दै विरोध जनाएका छन् । यसअघि चितवन प्रहरीले टाँडी र भरतुरबाट दुई जनालाई नियन्त्रणमा लिएकोे थियो ।
प्रतिक्रिया