नेपाल

प्रचण्डले दिए छोरा प्रकाशको शवमा दागबत्ती (भिडियो सहित)

प्रचण्डले दिए छोरा प्रकाशको शवमा दागबत्ती (भिडियो सहित)


काठमाडौं– हृदयाघातका कारण निधन भएका प्रकाश दाहालको पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । 
 
उनलाई पिता पुष्पकमल दाहाल प्रचण्डले दागबत्ती दिएका छन् । आफ्ना एकमात्र छोरा प्रकाश दाहाललाई दागवत्ती दिँदा उनी निकै भावविह्वल बनेका थिए । कोट फुकालेर उनले आफ्नो छोराको पार्थीव शरीरमा दागबत्ती दिएका हुन् ।
 
अन्त्यष्टिअघि आइतबारै दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीको लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो । 
 
झापामा चुनावी कार्यक्रमका लागि रहेका प्रचण्ड काठमाडौं आएसँगै प्रकाश दाहालको शव पार्टी कार्यालय लगिएको थियो ।
 
पशुपति आर्यघाटमा विभिन्न दलका नेता, कार्यकर्तासहित हजारौं सर्वसाधारणको उपस्थिति रहेको थियो ।